रेडियो नेपाल नेपाली प्रसारणको जग हाे : कार्यकारी अध्यक्ष
काठमाडौं । सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव) को अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ।
कार्यकारी अध्यक्ष विष्टले रेडियो नेपालको स्थापना २००७ साल चैत २० गते भएको र यसको जग प्रजातन्त्र नेपाल रेडियोको आवाजबाट सुरु भएको बताउनुभयो। उहाँले रेडियो नेपालको इतिहास नेपालमा प्रसारण पत्रकारिताको इतिहासको प्रारम्भ विन्दु पनि भएको बताउनुभयो।
विष्टले रेडियो नेपालले २५ भाषामा समाचार र २४ भाषामा कार्यक्रमसहित सातै दिन चौबिसै घण्टा प्रसारण हुँदै आएको र विविधता र बहुलतालाई आत्मसात गर्दै सार्वजनिक सेवा प्रसारणको भूमिका निर्वाह गरिरहेको बताउनुभयो।