--> सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्ष डा विष्टद्वारा सपथग्रहण – सार्वजनिक सेवा प्रसारण नेपाल

तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्ष डा विष्टद्वारा सपथग्रहण

काठमाडौँ-  सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

गत शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले डा विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कार्यकारी अध्यक्ष डा विष्टले केहीबेर अघिमात्र संचार तथा सूचना प्रविधि मन्त्रालयमा सार्वजनिक सेवा प्रसारण  परिषदका अध्यक्ष एवम संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ समक्ष पद तथा गोपनियताको सपथ लिनु भएको हो ।

डा विष्ट यसअघि पनि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट संचालन गर्ने गरी केही महिना अघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । सोहि ऐन अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा विष्टलाई नियुक्ति हुनु भएको हो ।

Back to top button
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)