तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिन्ह, लोगो सार्वजनिक

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले आज सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिन्ह, लोगो सार्वजनिक गर्नु भई शुभारम्भ गर्नुभएको छ । सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपाल स्थापना वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिन्ह लोगो सार्वजनिक गर्नुभएको हो । 

गत कार्तिक २२ गते सार्वजनिक सेवा प्रसारण ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण नेपालमा रुपान्तरतित भएका हुन ।

यसैगरी राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारण नेपालको मोबाइल एप पनि सार्वजनिक गर्नुभएको छ ।

यसैगरी राष्ट्रपति पौडेलले नेपाल टेलिभिजनको नयाँ च्यानल एन टिभी वर्ल्डको  शुभारम्भ पनि गर्नु भएको छ ।

Back to top button