तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रको पहिलो बिगुल फुक्ने काम पिएसबी अन्तर्गतको रेडियो नेपाल ।

संचार तथा सूचनाप्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लोकतन्त्रको पहिलो बिगुल फुक्ने काम पिएसबी अन्तर्गतको रेडियो नेपालले गरेको बताउनुभएको छ ।
पिएसबीको पुर्वार्म्भ समारोहलाई सम्बोधन गर्दै अब पिएसबीले गुणको आधारमा सुचना प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सुचनाको हकको प्रत्याभुत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले पिएसबीले सहभागितामुलक, समानता र समाबेसी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।मन्त्री सुब्बाले पिएसबीले बिबिधताभित्र एकता कायम
गर्नेगरी आफ्ना विषयवस्तु चयन गर्न आग्रह गर्नुभयो ।
उहाले अरु मिडियाले झै नाफा कमाउने नभैइ पिएसबीले सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै यो संस्था समाज, जनता र देशप्रती केन्दृत हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले मुलुकको दुरदराजका जनताको आवाज पिएसबीले बोल्नुपर्ने बताउनुभयो ।
उहाले पिएसबीले सुशासनका लागि राज्य र सरकारलाई झकझ्क्याउनुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले पिएसबीमा सरकारको हस्तक्षेप नहुने र मन्त्रालयले कुनै पुर्वाग्रह नराख्ने भन्नुहुदै पिएसबी स्वायत्त र स्वतन्त्र रहेको प्रष्ट पार्नुभयो ।

Back to top button