तपाईँ सुन्दै हुनुहुन्छः

संक्षेपमा रेडियो नेपाल

वि.सं. २००७ साल चैत्र २० गते विधिवत रुपमा स्थापना भएको रेडियो नेपाल मुलुककै अग्रणी श्रव्य सञ्चार माध्यम हो । तात्कालीन प्रसार विभाग अन्तरगत रहेको रेडियो नेपाल विकास समिति ऐन २०१३ वमोजिम २०४१ साल भदौ १ गते विकास समितिमा परिणत भएको हो ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल), नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको छ । यसको केन्द्रीय कार्यालय काठमाडौंको सिंहदरवारमा रहेको छ भने सुनसरी काे धरान‍, ललितपुर काे भैसेपाटी र खुमलटार गरी तीनवटा प्रसारण केन्द्रसहित सात वटै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय र मुलुकको विभिन्न ३३ स्थानमा एफ.एम. रिले स्टेशनको माध्यमबाट रेडियो नेपालले देशभरि प्रसारण सेवा विस्तार गरेको छ । यसका साथै www.onlineradionepal.gov.np, www.radionepal.gov.np र रेडियो नेपाल mobile app मार्फत विश्वभरि पढ्न, सुन्न र हेर्न सकिन्छ । रेडियो नेपाल, नेपालमा सबैभन्दा बढी प्रसारण केन्द्रहरु र एफ.एम. रिले केन्द्रहरु रहेको सर्वाधिक प्रसारण पहुँच भएको प्रसारण माध्यम हो । २४ सै घण्टा प्रसारण हुने रेडियो नेपालले दनुवार सहित २५ भाषामा समाचार तथा २४ भाषामा कार्यक्रम प्रसार गर्दै आएको छ । आ.व.०८०।८१ को आर्थिक सर्वेक्षण अनुसार रेडियो नेपालको पहुँच ९३ प्रतिशत जनतासम्म पुगेको छ ।

Back to top button